सामसुङले ग्यालेक्सी नोट सिरिजको नयाँ फ्याब्लेट सार्वजनिक गर्दैछ । आउँदो अगष्ट १३ मा सामसुङले ग्यालेक्सी नोट फाइभ सार्वजनिक लागेको हो । नोट फाइभसँगै सामसुङले आफ्नो लोकप्रिय एज सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी एस सिक्स एज प्लस पनि सार्वजनिक गर्ने बताइउको छ ।
सामसुङले अबको दुई हप्तामै बजारमा ल्याउन लागेको दुई बहुप्रतिक्षित प्रडक्ट कस्तो होला ? भन्ने चासो सबैमा बढिरहेको बेला नोट फाइभ र एस सिक्स एज प्लसका तस्वीरहरु लिक भएका छन् ।
सामसुङले यसअघि आफ्ना ग्यालेक्सी नोट सिरिजका फ्याब्लेट सेप्टेम्बर महिनामा सार्वजनिक गर्ने गरेकोमा यो पटक भने अगष्ट १३ मै नयाँ नोट र एस सिक्स एज प्लस सार्वजनिक गर्न लागेको दाबी टेकटाइम्स डट कमले जनाएको छ । सामसुङले केही समय पहिले गरेको टि्वट पोष्टबाट यस्तो खुलासा भएको जिकिर उसको छ ।
सामसुङ तथा एप्पल लगायतका कम्पनीका नयाँ प्रडक्टको जानकारी चुहाएर सार्वजनिक गर्नमा माहिर इभान ब्लासले आफ्नो टि्वटरमा सामसुङका ग्यालेक्सी नोट फाइभ र ग्यालेक्सी एस सिक्स एज प्लस को तस्वीर पनि पोष्ट गरेका छन् ।
Just in case you missed these elsewhere. pic.twitter.com/zOmKkJqQpU
— Evan Blass (@evleaks) August 1, 2015
ग्यालेक्सी नोट फाइभका विषयमा चुहिएका सूचना तथा जानकारीका आधारमा चर्चित टेक आर्टिस्ट इभो मारिकले समेत नोट फाइभका केही तस्वीर तयार पारेर इन्स्टाग्राममा पोष्ट गरेका छन् । तर इभानले पोष्ट गरेका तस्वीरहरु बढि वास्तविक लाग्ने टेकटाइम्सले उल्लेख गरेको छ ।
समाचार अनुसार ग्यालेक्सी एस सिक्स एज प्लस अघिल्लो संस्करण सिक्स एज भन्दा केही अग्लो हुनेछ । यसमा ५.५ इन्चको डिस्प्ले हुनेछ । जबकी अघिल्लो संस्करणमा ५.१ इन्चको डिस्प्ले थियो ।
उता ग्यालेक्सी नोट फाइभ भने ग्यालेक्सी एस सिक्सको डिजाइनमा प्रस्तुत हुन लागेको बताइएको छ । नोट फाइभको क्यामरा ग्यालेक्सी एस सिक्स तथा एस सिक्स एजको जस्तै हुने दाबी टेकटाइम्सले गरेको छ । यसको फ्लास पनि क्यामरको मोड्युलको तल नभै साइडमा हुनेछ ।
नोट फाइभमा अडियो ज्याक तथा लाउडस्पिकिर ह्याण्डसेटको पिँधमा हुनेछ ।
नोट फाइभको सबैभन्दा महत्वपूर्ण फिचर सामसुङ पे हुनेछ । सामसुङ कम्पनीले ल्याउन लागेको मोबाइल भुक्तानी सेवा सामसुङ पे सपोर्ट गर्ने भएपनि नोट फाइभ धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।
निसन्देह के भन्न सकिन्छ भने सामसुङका यी दुइ नयाँ ग्याजेट यो वर्षका बहुप्रतिक्षित फ्याब्लेट हुन् । अब यी दुइ ग्याजेटको स्वरुप हेर्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले धेरै समय कुर्नुपर्नेछैन ।
प्रतिक्रिया 4