+
+
WC Series
कर्णाली याक्स 2025
9/0 (2.2)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

प्रतिनिधिसभा निर्वाचन : १० हजार ९२६ मतदानस्थल, ३ हजार ५१८ अति संवेदनशील

‘१० हजार ९२३ मतदानस्थल रहनेगरी एक चरणको छलफल भएको छ । यसमा केही तलमाथि हुनसक्छ,’ गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले अनलाइनखबरसँग भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:४१

२१ मंसिर, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने भएका छन् ।

निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायलहरूले समेत रिपोर्ट र मतदाताहरूको संख्यालाई आधार मानेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी भएको छ । अघिल्लो निर्वाचनको मतदानस्थलहरू र अहिलेको मतदाता संख्या समेतलाई मध्यनजर गरेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी गरिएको छ ।

यो अहिलेसम्म प्रारम्भिक तयारी रहेको र यसमा केही थपघट हुनसक्ने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

‘१० हजार ९२३ मतदानस्थल रहनेगरी एक चरणको छलफल भएको छ । यसमा केही तलमाथि हुनसक्छ,’ काफ्लेले अनलाइनखबरसँग भने ।

उक्त मतदानस्थलमध्ये ३ हजार ५१८ मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा रहने बताइएको छ । सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अति सामान्य गरी तीन भागमा वर्गिकरण गरिएको छ ।

जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा अहिले ३ हजार ५१८ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । अति संवेदनशील मतदानस्थलमा सोही अनुसार सुरक्षाकर्मी थप परिचालन गर्ने गरी तयारी गरिएको छ ।

त्यसैगरी ४ हजार ५२९ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । तराईका जिल्लाहरू बढी अति संवेदनशील र संदेनशीलको सूचीमा परेका छन् ।

२ हजार ८७९ मतदानस्थलहरूलाई भने सामान्यको सूचीमा राखिएको छ । यसरी वर्गीकरण गरिएका मतादनस्थलहरूमा सुरक्षार्कीको संख्या कति र कसरी परिचालन हुने भन्नेबारे छलफल भइरहेको छ । यसको अन्तिम टुंगो भने लाग्न बाँकी छ ।

७ हजार १५० मतदानकेन्द्र अति संवेदनशील

२२ हजार ३०४ मतदान केन्द्र रहने गरी तयारी गरिएको छ । यसको संख्यामा निर्णय हुन बाँकी रहेकाले केही तलमाथि हुने बताइएको छ ।

उक्त मतदान केन्द्रहरूमध्ये ७ हजार १५० मतदान केन्द्रहरू अतिसंवेदनशीलको सूचीमा राखिएको छ । संवेदनशीलको सूचीमा ९ हजार ३२० मतदान केन्द्रहरू छन् ।

५ हजार ८३४ मतदान केन्द्रहरू भने सामान्य सूचीमा राखिएको छ ।

मतदान केन्द्र र स्थलहरूको सूरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन गर्नेछन् । पहिलो घेरामा म्यादी प्रहरी, गुप्तचर, नेपाल प्रहरी खटिनेछन् ।

त्यो भन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने बताइएको छ । सबैभन्दा बाहिर भने नेपाली सेना परिचालन हुनेछ । नेपाली सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ ।

त्यस्तै, म्यादी प्रहरी भर्ना प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । १ लाख ३२ हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी छ । प्रहरी जवान सो सरहको सेवा सुविधा र तलब दिएर ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरिने गरी प्रक्रिया अघि बढाइएको छ । म्यादी प्रहरीलाई यो पटक भने निर्वाचन सुरक्षा प्रहरी भनिने बताइएको छ ।

अहिले पहिलाको भन्दा सुरक्षा चुनौती जटिल बनेको, फरक अवस्थामा निर्वाचन हुन लागेको, सुरक्षाकर्मीका लुटिएका हतियारहरू बाहिरै रहेको, कारागारबाट भागेका कैदी र थुनुवाका कारण सुरक्षा चुनौती थप जटिल बनेको, मतदाताको संख्या पनि थप भएको जस्ता कारणले सुरक्षा संवेदनशीलता बढेको बताइएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा कारागार तोडफोड तथा आगजनी गरी १४ हजारभन्दा बढी कैदी फरार भएका थिए । अझै ५ हजार बढी कैदीबन्दी कारागार बाहिरै छन् ।

यता, प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटिएका थिए । तीमध्ये करिब आधा हतियार अझै बाहिरै छन् । लाइभ राउन्ड गोली मात्रै ९८ हजार हराएका छन् । ठूलो संख्यामा गोली, हतियार गायब हुनु र कैदीबन्दी तथा थुनुवाहरू कारागार र हिरासत बाहिरै रहनुले ठूलो सुरक्षा चुनौती हुने बताइएको छ ।

यसैलाई आधार मानेर मतदानस्थलहरूलाई वर्गीकरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?