+
+
Shares

भारतमा ८ सय भन्दा बढि पोर्न साइट ‘ब्लक’, सेलिब्रटीदेखि नेताद्वारा तिब्र विरोध

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १९ गते १०:१९

porn

भारत सरकारले देशमा संचालित ८ सय ५७ वटा पोर्न साइटमाथि प्रतिबन्ध लगाएको छ । बालबालिकाको पहुँचबाट पोर्न साइटहरुलाई टाढा राख्नका लागि पोर्न साइट ब्लक गरिएको भारत सरकारको दाबी छ । यद्यपि कतिपयले भने ब्लक गरिएको भनिएका यी पोर्न साइटहरु समेत प्रोक्सी सर्भरको प्रयोग गरेर हेरिरहेको बताइएको छ ।

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध नलगाएको भन्दै गत जुलाइमा सर्वोच्च अदालतले असन्तुष्टि प्रकट गरेपछि भारत सरकारले यस्तो कडा कदम चालेको हो । अदालतले खासगरी बाल्य पोनोग्राफी सँग सम्बन्धित वेबसुाइटहरु ब्लक नगरिएको प्रति असन्तुष्टि जनाएको थियो ।

सरकारले ८ सय ५७ वटा पोर्न साइट ब्लक गरेको जनाएपनि टेलिकम कम्पनीहरुले भने एकैचोटी यस्तो प्रतिबन्ध लागु गर्न नसकिने जनाएका छन् । एक एक गरेर यस्ता वेबसाइटहरु ब्लक गर्नुपर्ने र यसो गर्नका लागि सबै सेवा प्रदायकलाई केही दिनको समय लाग्ने एक टेलिकम कम्पनीका अधिकारीले बताएको टाइम्स अफ इण्डियाले उधृत गरेको छ ।

porn

भारतको दूरसंचार मन्त्रालयले सबै टेलिकम तथा इन्टरनेट सेवा प्रदायकलाई यी ८ सय ५७ वटा पोर्न साइटमाथिको निशुल्क पहुँचमा नियन्त्रण कायम गर्न निर्देशन दिएका एक वरिष्ठ अधिकारीले खुलासा गरेका छन् । यसको अर्थ पोर्न साइटहरु पूरै ब्लक नभई बच्चालाई मात्र पोर्न साइट हेर्न रोक लाग्नेछ । तर वयस्कहरुले भने ब्लक गरिएका पोर्न साइट समेत हेर्न सक्ने दाबी गरिएको छ ।

तर पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भारत सरकारको कदमको सोसल मिडियामा तिब्र आलोचना भएको छ । #pornban नामक ह्यासट्याग सोसल मिडियामा निकै चर्चित भएको छ । चर्चित लेखक चेतन भगतले टि्वटरमा लेखेका छन्, ‘पोर्न प्रतिबन्धित नगर ।

तर पुरुषले महिलाहरुलाई घुर्ने, अनुमुति विना छुने, समात्ने, शोषण गर्ने, गाली गर्ने, बेइज्जती तथा बलात्कार गर्ने कुरा प्रतिबन्धित गर । सेक्स प्रतिबन्धित नगर ।’

फिल्म निर्माता रामगोपाल बर्माले लेखेका छन्, ‘वयस्कलाई पोर्न हेरेर हानीरिहत मज्जा लिनबाट रोक्नु भनेको तालिवान तथा इस्लामिक स्टेट जस्ता संगठनहरुले आम मानिसहरुको मूलभूत स्वतन्त्रता हरण गरेजस्तै हो ।’

भारतीय कंग्रेसका नेता मिलिन्द देवडाले लेखेका छन्, ‘यो प्रतिबन्ध पोर्न मन पराउने वा नपराउने सँग सम्बनिधत छैन । यो प्रतिबन्धको अर्थ यो हो की सरकार मानिसको व्यक्तिगत स्वतन्त्रता हरण गरिरहेको छ । अब टेलिभिजन वा फोनमा पनि प्रतिबन्ध लगाउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?