Comments Add Comment

जियोनीले भित्रायो कम मूल्यमा उत्कृष्ट स्मार्टफोन, यस्ता छन् फिचर


Gionee-Pioneer-P2M-final

२४ साउन, काठमाडौं । चिनियाँ मोबाइल उत्पादक कम्पनी जियोनीले बजेट स्मार्टफोन ‘पायोनियर पिटुएम’ नेपाली बजारमा ल्याएको छ । कम मूल्यमा उच्च क्षमताको स्मार्टफोन खोज्ने ग्राहकहरुलाई लक्षित गर्दै जियोनीले पायोनियर पिटुएम भित्राएको हो ।

पायोनियर पिटुएमको मूल्य नेपाली बजारमा ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । दुईवटा सिम राख्न मिल्ने यस स्मार्टफोनमा ४ इञ्चको डब्लु भीजीए टचस्कि्रन रहेको छ ।

यसमा १.३ गीगाहर्ज प्रोसेसर, १ जीबी र्‍याम, एन्ड्रोइड ५.१ ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ सिष्टम लगायतका फिचर रहेका छन् । जसले गर्दा स्मार्टफोन तिब्र गतिमा चल्छ ।

स्मार्टफोनमा १६ जीबी आन्तरिक मेमोरी रहेको छ । जसलाई आवश्यकता अनुसार माइक्रो एसडी कार्डमार्फत ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

कम मूल्यकै भएपनि स्मार्टफोनमा क्यामेरालाई विशेष ध्यान दिइएको छ । पछिल्लो समय विकास भएको सेल्फी कल्चरलाई समेत ध्यानमा राख्दै यसमा यसमा २ मेगापिक्सेल फ्रन्ट क्यामेरा र ५ मेगापिक्सेल ब्याक क्यामेरा राखिएको छ ।

Gionee-Pioneer-P2M-Specifications

यसमा कमिलियन जस्ता जियोनीकै एक्सक्लुसिभ एप पनि रहेको छ । यही रेञ्जका अन्य स्मार्टफोनको तुलनामा पायोनियर पिटुएममा धेरै फिचरहरु राखिएका छन् ।

पायोनियर पिटुएममा शक्तिशाली ब्याट्री राखिएको छ । जुन यो मूल्यमा पाइने स्मार्टफोनमा सबैभन्दा शक्तिशाली ब्याट्री हो । फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिनेछ । जियोनी पायोनियर पिटुएम कालो, सेतो र सुनौलो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment