Comments Add Comment

३ महिना पछि सर्‍यो बेल्जियमको ‘आइएएफ अवार्ड’

belgium-award
बेल्जियममा यही सेप्टेम्बर २७ तारिखमा आयोजना हुन लागेको ‘आइएएफ अवार्ड’ अब ३ महिना पछि सरेको छ । यूरोपमा भैरहेको एनआरएनको चुनावका कारण अवार्डलाई पछि सारिएको हो ।

अन्तरराष्ट्रिय कलाकार मञ्च नेपालका अध्यक्ष प्रदिप उदयले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘गैह्र आवसिय नेपालीहरुको छाता संगठन एनआरएनको हाल यूरोपमा भइरहेको कार्यक्रम र गतिविधिहरुमा अन्तरराष्ट्रिय कलाकार मञ्च यूरोपका साथिहरु संलग्न हुनु भएको हुँदा अवार्डको प्राविधिक तयारीका लागि समय कम हुने महशुश गरि २० डिसेम्बरका दिन अवार्ड कार्यक्रम गर्ने मिति तय गरिएको छ ।’

अवार्डका लागि अहिले जुरीहरुले धमाधम चलचित्र हेर्ने काम भैरहेको छ । वि.सं २०७१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रका आधारमा उत्कृष्ट ५ को मनोनयन केही दिनमा नै सार्वजनिक गरिने विज्ञप्तीमा उल्लेख छ । belgium-award

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment