Comments Add Comment

‘कलाकारको स्टारडम छ, तर निर्देशक नै भएनन्’ : शिव श्रेष्ठ

shiva-shrestha
नेपाली चलचित्रका चर्चित नायक शिव श्रेष्ठले चलचित्र क्षेत्र ध्वस्त हुँदै जानुको पछाडि निर्देशकलाई दोष दिएका छन् । नेपाली चलचित्रमा नायकहरुको स्टारडम खस्केको हो भन्ने प्रश्नमा शिवले भने-‘अहिले हाम्रो समयका कलाकार भन्दा राम्रा कलाकार आएका छन् । तर, चलचित्रमा न कथा छ, न राम्रो निर्देशक नै ।’

शिवले अहिलेका कलाकारको स्टारडम खस्केको कुरालाई नकारे । उनले, निर्देशकले गतिलो चलचित्र बनाउन नसक्दा चलचित्र नगरी ध्वस्त हुँदै गएको दाबी गरे । नेपाली चलचित्र निर्देशकको हातमा भएकाले बचाउँन उनले आग्रह गरे । चलचित्र बनाउनुअघि धेरै कुरा सोचेर मात्र निर्देशन गर्न शिवले सुझाव दिए ।

उनले नेपालमा कलाकार त अथाहा नै भएको बताए । अहिलेका कलाकार आफूहरु भन्दा पनि राम्रो भएको शिवले दाबी गरे । कलाकार सागर जस्तै भएपनि निर्देशक नभएकाले चलचित्र क्षेत्र यो अवस्थामा आएको उनको भनाई छ ।

कलाकारहरुले राम्रो मौका नपाएकाले स्टारडम खस्किएको जस्तो देखिएको शिवले दाबी गरे । उनले आफूहरुले पनि मौका नपाएको भए यो स्थानमा आउन नसक्ने बताए । नेपाली चलचित्रका अहिलेका कलाकारले राम्रो निर्देशक नपाएकाले गर्दा नै आफ्नो अभिनय देखाउन नपाएको शिवले गुनासो गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले राम्रो निर्देशक हुने हो भने अहिलेका कलाकार आफूहरु भन्दा दश गुणा माथि जान सक्ने बताएका छन् ।

राजेश, शिव र सरोजले यसकारण आँट गरेनन् चलचित्र बनाउन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment