Comments Add Comment

जेएमईको भिबोर र सिटी डेभलपमेन्टसँग रेमिट्यान्स सम्झौता

२७ साउन, काठमाडौं । जापान मनि एक्सप्रेस (जेएमई)ले भिवोर विकास बैंक र सिटी डेभलपमेन्ट बैंकसँग रेमिट्यान्स भक्तानी सम्झौता गरेको छ ।

jme Logoसम्झौतापत्रमा जेएमईका अध्यक्ष दीपेन्द्र जोशी, भिवोरका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सिटी डेभलपमेण्टका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै अव भिबोर विकास बैंकका मुलुकभर रहेका ९ वटा शाखा, सिटी डेभलपमेण्ट  बैंकका १७ वटा शाखा र जेएमई रेमिटका ७५ वटै जिल्लामा फैलिएका १५ सयभन्दा बढी एजेण्टबाट जेएमईमार्फत पठाएको रकम भुक्तानी लिन सकिने भएको छ ।

जेएमईका ब्यापार बिकास प्रबन्धक प्रताप श्रेष्ठले विदेशवाट पठाएको पैसालाई सेवाग्राहीसम्म पु¥याउन यो सम्झौताले थप सहज भएको बताउँदै भने– ‘आगामी दिनमा रेमिट्यान्स कारोवारलाई जनस्तरमा वैकिङ च्यानलबाट पु¥याउन जेएमई रेमिट क्रियाशिल रहने छ ।’

स्थापनाको छोटो समयमा नै आफ्नो सेवा विस्तार गर्न सफल जेएमईले अहिले जापानमा मात्र नभएर अन्य देशहरुवाट पनि रेमिट्यान्स कारोवार गर्न  थालेको छ । नेपालका वैंक तथा वित्तीय संस्थाहरुसँग रेमिट्यान्स सम्झौता गरिरहेको जेएमईले अव रेमिट्यान्स जगतमा नयाँ प्रबिधी भित्राउने प्रतिबद्धता समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment