+
+
Shares

मान्छे बाख्रो बनेपछि….(फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १०:२८

Men become goat
सायद यो दुनियामा यस्तो व्यक्ति कोही नहोला जसले जनावरलाई माया नगरोस् । तर बेलायतका एक व्यक्तिको जनावरप्रतिको प्रेम त्यो भन्दा अझ माथि रहेछ । उनको बाख्राप्रतिको लगाव यति धेरै रहेछ की उनले मानिसको जिवन त्यागेर पूरै ३ दिन बाख्राको जिवन जिए ।

थोमस थ्वेट्स नामका ती व्यक्ति बाख्राको व्यवहार अध्ययनका लागि तिन दिनसम्म स्विस एल्पस पर्वतमा बाख्राहरुको झुण्डमा तिन दिनसम्म बाख्राजस्तै गरी बसे ।

बाख्राजस्तै गरी ४ खुट्टाले हिँड्नका लागि उनले दुइ हात तथा दुइ खुट्टाका लागि विशेष कृत्रिम अंग बनाएर जोडे अनि बाख्राजस्तै गरी हिँडे । यतिमात्र होइन उनले नक्कली पेट पनि लगाए, ता की आफ्ना चौपाया साथीजस्तै गरी चरेर घाँस खान सकियोस् ।Men become goat1

त्यस क्रममा उनले बाख्राहरुको एक अर्कामा संवादको शैली तथा उनीहरुको व्यवहारको पनि अध्ययन गरे ।

थोमसका अनुसार आफ्ना कृत्रिम अंगको सहारामा बाख्राको बराबरी गर्नु सजिलो थिएन । आफुहरुलाई पहाडमा चढ्न तथा ओर्लिन निकै कठीन भएको तर बाख्राहरु भने सजिलै सँग भिरालो पहाडमा तलमाथि गर्न सकेको उनी बताउँछन् ।

आफुले सुरुमा यसैगरी हात्ती जस्तै बन्ने सोँच राखेको भएपनि त्यो सजिलो नभएपछि आफु अन्ततः बाख्रा बनेको उनी बताउँछन् ।

बाख्रा जिवनको आफ्नो अनुभव सँगालेर थोमसले एउटा किताब निकाल्दैछन् । उक्त कितावको नाउँ ‘गोटम्यान : हाउ आइ टुक र होलिडे फ्रम बिइङ ह्युमन’ रहनेछ ।

साथै उनले आफ्नो बाख्रे जिवमा तस्वीरहरु आगामी सेप्टेम्बर ३ देखि लण्डनको स्टुडियोमा प्रदर्शनीमा राख्दैछन् ।

थप तस्वीर हेर्नुहोस्

Men become goat2

Men become goat3

Men become goat4

Men become goat5

Men become goat6

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?