चलचित्र ‘पशुपति प्रसाद’को फस्ट लुक सार्वजनिक गरिएको छ । फस्ट लुकमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेलाई नयाँ अवतारमा देखाइएको छ । उनी फस्ट लुकमा फरिया लगाएर देखिएका छन् । पृष्ठभूमिमा पशुपतिनाथको मन्दिर देखाइएको फस्ट लुकमा हनुमान अवतार पनि समावेश छ । फस्ट लुक सार्वजनिक भएसँगै चलचित्रलाई लिएर उत्साह पनि थपिएको छ ।
चलचित्र माघ १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी निर्माणपक्षले दिएको छ । ‘मान्छेले देख्दै नदेख्ने सपना देखेर, शहरमा गल्लमिा क्रुर समाजसँग पैँठेजोरी खेलिरहेछ, पशुपति प्रसाद’ भन्ने मुख्य बिषयलाई यसले उठाएको छ । चलचित्रमा खगेन्द्रका अलवा बर्षा सिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, आशिष अधिकारी मुख्य भूमिकामा छन् ।
टुकी आर्टस् प्रालीको ब्यानरमा तयार भएको चलचित्रलाई रजना नापितले बनाएका हुन् । रोजिना सिटौला कार्यकारी निर्माता रहेको चलचित्रमा अर्जुन कार्की र आशिष अधिकारी सह-निर्माता छन् ।
चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । कलाकार खगेन्द्रले नै चलचित्रलाई लेखेका हुन् । तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा सुर्य ठोकरको एक्सन, निरज कँडेलको छायांकन, दीर्घ खड्काको सम्पादन, हरि लम्सालको संगीत छ । चलचित्रलाई पपकर्न पिक्चर्सले वितरण गर्नेछ ।