+
+

भारतीय राष्ट्रपति मुखर्जीकी पत्नीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १३:५९

Pranab-wife

१ भदौ, काठमाडौं । भारतका राष्ट्रपति प्रणब मुखर्जीका पत्नी सुव्रा मुखर्जीको निधन भएको छ ।

उनको ७४ वर्षको उमेरमा मंगलबार विहान स्थानीय समय अनुसार १० बजेर ५१ मिनेटमा निधन भएको हो । यसको जानकारी राष्ट्रपति प्रणब मुखर्जीले ट्वीटरमार्फत दिएका हुन् ।

स्वास प्रवाससम्वन्धी समस्याका कारण उनलाई अगष्ट सातमा आर्मी अस्पतालमा भर्ना गरिएको थियो । पत्नीको स्वास्थ खराव भएपछि ओडियामा रहेका राष्ट्रपति भ्रमण छोट्याएर फर्किएका थिए ।

मखुर्जीका दुई छोरा र एक छोरी छन् । सुव्रा मुखर्जी रवीन्द्र संगीतकी गायिका र पेन्टर थिइन् । उनले दुई किताब समेत लेखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?