Comments Add Comment

आइटममा हट मेनुका, सुष्मा कता ?

susma-and-menuka
नेपाली चलचित्रमा को कती बेला बल्छ र को कतीबेला सुस्ताउछ भन्न गाह्रो छ । कहिले उचाइमा पुगेका कलाकार केही बर्षमै फेदमा पुगेका उदाहरण धेरै छन् ।

नेपाली चलचित्रमा कुनै समय आइटम गीतलाई महत्वका साथमा प्रस्तुत गरिन्थ्यो । कथाले मागोस् या नमाओस्, निर्देशक र निर्माताले नायिकाको हट अवतार आइटममा नै माग्थे । चलचित्र ‘लुट’मा आइटम नृत्य गरेपछि नायिका सुष्मा कार्कीको माग ह्वात्तै बढेको थियो ।

यसपछि, सुष्मा चलचित्रको पर्दामा एक झलक भएपनि देखिइन् । तर, अहिले सुष्मा हराएकी छिन् । सुष्मालाई चलचित्रका गीतमा भन्दा पनि विदेशमा आयोजना हुने कार्यक्रममा नै देखिने गरेको छ । सुष्मा कार्कीको माग आइटममा घट्दै गएपछि अब को त भन्ने प्रश्न उब्जिएको छ ।
हुनत, अहिले आइटम गीतमा कलाकार मेनुका प्रधान पनि अगाडि देखिएकी छिन् । मेनुकाले हालै मात्र चलचित्र ‘भैरव’को एक आइटम गीतमा नृत्य गरिन् । यो गीतले सोचेजस्तो चर्चा पाउन सकेको छैन । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’मा पनि उनी देखिइन् ।

बजारमा अहिले चर्चित आइटम गर्ल को हो भन्ने नै छैन । सुष्मा कार्कीले कुनै समय पाएको उचाई मेनुकाले छुन सकेकी छैनन् । हुनत, केही नायिकाले आफूलाई आइटममै भएपनि टिकाउने प्रयास नगरेका होइनन् ।

अहिले हेर्दा बजारमा आइटमको माग त्यस्तो सुनिएको छैन । तर, पनि आइटम बजारमा अब को उचाइमा पुग्ला भन्ने प्रश्न पनि सृजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment