+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

घैंटेको विषय लिएर गगनसहितका सभासद मानवअधिकार आयोग पुगे

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ६ गते २१:३२

६ भदौ, काठमाडौं । गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको विषयलाई लिएर गगन थापासहितका नेपाली कांग्रेसका सभासदहरु राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् ।

Gagan Thapa 400कांग्रेस सभासदहरु गगन थापा, जगदिशनरसिंह केसी, भीमसेन दास प्रधान र धनराज गुरुङ शुक्रबार नै मानवअधिकार आयोगमा पुगेका थिए । आइतबार घैंटेका आफन्तले घटनाको छानविन गर्न माग गर्दै अयोगमा पुगेका छन् ।

गुण्डा नाइके घैंटे बिहीबार प्रहरी इन्काउन्टरमा मारिएका थिए । घटना लगतै कांग्रेस सभासद केसीले प्रहरीले मारेको भन्दै जुलुस लिएर शिक्षण अस्पताल पुगेका थिए ।

घैंटेको नियोजित रुपमा हत्या गरेर इन्काउन्टरको नाम दिएको भन्दै घटनाको छानविन गर्नु पर्ने सभासद भीमसेनदास प्रधानले अनलाइनखबरले बताए । ‘हामीले आयोगमा कुमारले सुरक्षा माग गरेकोबारे बुझ्न गएका थियौं’ सभासद प्रधानले भने-‘आज परिवारले छानविनको माग गर्दै निवेदन दिएको छ ।’

सभासद र कुमारको परिवारले छानविनको माग गरेकोबारे बुझ्न खोज्दा मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले यसबारे अध्यक्षसँगै बुझ्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?