+
+

घैंटेको विषय लिएर गगनसहितका सभासद मानवअधिकार आयोग पुगे

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ६ गते २१:३२

६ भदौ, काठमाडौं । गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको विषयलाई लिएर गगन थापासहितका नेपाली कांग्रेसका सभासदहरु राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् ।

Gagan Thapa 400कांग्रेस सभासदहरु गगन थापा, जगदिशनरसिंह केसी, भीमसेन दास प्रधान र धनराज गुरुङ शुक्रबार नै मानवअधिकार आयोगमा पुगेका थिए । आइतबार घैंटेका आफन्तले घटनाको छानविन गर्न माग गर्दै अयोगमा पुगेका छन् ।

गुण्डा नाइके घैंटे बिहीबार प्रहरी इन्काउन्टरमा मारिएका थिए । घटना लगतै कांग्रेस सभासद केसीले प्रहरीले मारेको भन्दै जुलुस लिएर शिक्षण अस्पताल पुगेका थिए ।

घैंटेको नियोजित रुपमा हत्या गरेर इन्काउन्टरको नाम दिएको भन्दै घटनाको छानविन गर्नु पर्ने सभासद भीमसेनदास प्रधानले अनलाइनखबरले बताए । ‘हामीले आयोगमा कुमारले सुरक्षा माग गरेकोबारे बुझ्न गएका थियौं’ सभासद प्रधानले भने-‘आज परिवारले छानविनको माग गर्दै निवेदन दिएको छ ।’

सभासद र कुमारको परिवारले छानविनको माग गरेकोबारे बुझ्न खोज्दा मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले यसबारे अध्यक्षसँगै बुझ्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?