+
+

बाटो खन्ने क्रममा लडेर ताप्लेजुङमा एकको मृत्यू

१० भदौ, ताप्लेजुङ । ताप्लेजुङको खेवाङ गाविसमा बाटो खन्नेक्रममा लडेर एकको मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब दुई बजे खेवाङ १ र २ को बीचमा रहेको बाटो खन्ने क्रममा लडेका सुरुम्खीम गाविस वडा नम्बर ६ का खड्ग बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते ८:०९

रविन भट्टराई
१० भदौ, ताप्लेजुङ । ताप्लेजुङको खेवाङ गाविसमा बाटो खन्नेक्रममा लडेर एकको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब दुई बजे खेवाङ १ र २ को बीचमा रहेको बाटो खन्ने क्रममा लडेका सुरुम्खीम गाविस वडा नम्बर ६ का खड्ग बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राई सडकबाट झन्डै सय मिटर तल भीरमा खसेका थिए । गत जेठ २७ र २८ गतेको वर्षाका कारण झरेको पहिरोले भत्काएको बाटो खन्ने क्रममा उनको लडेको स्थानीयबासीले जनाएका छन् ।

चिल्पिलिएर लडेका राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोईरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?