Comments Add Comment

जिउ अग्लो भएकी यी सुन्दरीले पाइनन् ब्वायफ्रेण्ड (फोटोफिचर सहित)

Tall Beauty

एक युवतीका लागि आफ्नो अग्लो जिउले पार्नु पिर पारेको छ । नपारोस् पनि किन ६ फिट ७ इन्च अग्लो जिउ भएकै कारण उनले अहिलेसम्म मनको राजा फेला पार्न सकेकी छिन् ।

बेलायतको केन्टस्थित च्याटह्यामकी इबोनाइ नामकी ती युवती ३० वर्षकी भइन् र उनको जिउडाल पनि निकै कामूक छ । तर भेट्ने केटाहरु सबै आफुभन्दा होँचा हुने र होँचा केटाहरुले आफुलाई आँट्न नसक्ने उनको दुखेसो छ । बल्लतल्ल आफ्नो बन्न खोजेका केटाहरुसँगको सम्बन्ध पनि दुइचार दिनमै टुंगिने गरेको छ उनको ।

केटाहरु आफ्नो अग्लो जिउकै कारण आफुसँग सपिङ गर्न जान पनि नचाहने र आफुसँग हिँड्दा हाँसोको पात्र बनिन्छ की भनेर डराउने गरेको इबोनाइ बताउँछिन् ।

Tall Beauty1
एबोनाइ बर्न मार्क जन्मिदा केटाको रुपमा जन्मेकी भएपनि समलिंगी थिइन् तर उनले आफ्नो लिंग परिवर्तन गरेर महिला बनेकी हुन् । उनले १८ वर्षको उमेरदेखि केटीका कपडा लगाउन थालेकी थिइन् र अहिले पूरै महिला बनिसकेकी छिन् ।

उनको जन्म जमैकामा भएको थियो । उनले केटीका कपडा लगाउन थालेपछि उनलाई सबैले खिसी गर्न थाले र उनी त्यसपछि बेलायत आइन् ।

बेलायतमा उनले १२ हजार पाउण्ड खर्च गरेर सर्जरी गराइन् र पूरै महिला बनिन् २२ वर्षको उमेरमा ।

एबोनाइ अहिले पनि मनको राजाको खोजीमा छिन् र आफुलाई पूर्ण महिला दाबी गर्छिन् । पछिल्लोपटक अफेयर चलेको केटासँग सम्बन्ध टुटेको धेरै समय भएको छैन । त्यो केटाको उचाइ जम्मा ५ फिट ६ इन्च थियो । आफ्नो लागि धर्तीमा अवश्य पनि कोही बनेको र एकदिन अवश्य त्यो पाउने उनको विश्वास छ ।

Tall Beauty2

Tall Beauty3

Tall Beauty4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment