+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

रक्षा बन्धनमा केटी जिस्काएको भिडियो इन्टरनेटमा भाइरल (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते ९:३७

Rakshyabandhan

हरेक पुरुषले आफ्नी आमा, दिदी, बहिनी, श्रीमतीलाई बडो इज्जत गर्छन् । अरु कोही परपुरुषले नजर लगाउने आँट मात्र गर्यो भने पनि आगो बन्छन् र जाइलाग्ने स्वभाव हुन्छ पुरुषहरुमा । तर अर्काकी दिदीबहिनी तथा श्रीमतीहरुप्रति भने आफै गिद्देदृष्टि लगाउने बानी हुन्छ धेरैको । आफ्ना दिदी बहिनीलाई जस्तै अर्काका दिदी बहिनीलाई पनि इज्जत गर्न सक्ने हो भने सायद यो दुनियामा बलात्कार जन्य अपराध निर्मूल नै हुन्थ्यो होला अनि लगभग सबैखालका अपराध जन्माउने यो यौनको मामिला साम्य भयो भने दुनियामा हत्या, हिंसा, लुटपाट जस्ता घटनामा धेरै कमी आउँथ्यो होला ।

आफ्ना दिदीबहिनी प्रति इज्जत गर्ने युवाहरुले अर्काकी दिदीबहिनीप्रति कस्तो कुदृष्टि लगाउँछन् भन्ने कुराको उदाहरण बनेको एउटा सत्य घटनामा आधारित भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । रक्षा बन्धनको अवसरमा आफ्ना दाजुभाइलाई राखी बाँधिदिन हिँडेकी एक युवतीमाथि बस स्टेसनमा केही युवाहरुले जिस्काउँछन् । ती युवतीलाई जिस्काउने केटाहरुको हातमा राखी बाँधिएको थियो । अर्थात् उनीहरुले आफ्ना पुज्य दिदीबहिनीबाट राखी बाँधेर आइसकेका थिए अनि अरु कसैकी दिदी बहिनीमाथि त्यस्तो अत्याचार गर्दै थिए ।

भारतको नयाँ दिल्लीमा दुइ वर्ष पहिले रक्षा बन्धनको दिन भएको रहेछ यो घटना । दुइजना केटाहरुले ती युवतीलाई जिस्काइरहेको बेला सोही ठाउँमा बस कुरिरहेका अर्का एक युवकले हस्तक्षेप गर्दछन् । घुरेर हेराहेर हुन्छ उनीहरुबीच । अपरिचित ती सज्जनले जिस्काउने दुइजना केटाको नाडीमा बाँधिदिएको राखी देखाउँदै यो कसले बाँधिदियो भनेर सोध्दछन् ? बहिनीले भन्ने जवाफ आएपछि ती सज्जनले तिमीहरुकी बहिनी निकै राम्री होलिन्, मलाई एकपटक मात्र भेट्न देउ न भनेर अनुरोध गर्छन् ।

हेरौँ यो भिडियो

बहिनीलाई भेटाइदेउ मात्र के भनेका थिए दुइजना केटाहरु ती युवकमाथि जाइ लाग्छन् । तँलाई मार्छु भनेर धम्की दिइन्छन् । ती सज्जन युवकले निकै बुद्धिमत्तापूर्णक यस्तो बचन बोल्छन् की जिस्काउने केटाहरुको मन बदलिन्छ । तिमीहरुलाई जसरी आफ्नी बहिनीप्रति मैले त्यसो भन्दा रिस उठ्छ, तिमीहरुले जिस्काइरहेकी केटी मेरी बहिनी हुन् भनेर भनेपछि कठालो समाएका केटाहरु लल्याकलुलुक हुन्छन् । उनीहरुले ती युवक र केहीबेर अघिसम्म गिद्दे नजरले हेरिएकी युवतीसँग माफी माग्छन् ।

आफ्नो दाइ बनेर आफुलाई हिंसाबाट बँचाएको अपरिचित युवकसँग ती युवती पनि अनुग्रहित हुनिछन् र अन्ततः आफुले आफ्ना दाजुभाइका लागि किनिदिएको राखी तिनै युवकलाई दिन्छिन् ।

आफ्ना दिदीबहिनीको इज्जत र सुरक्षा सबै पुरुषले गर्छन् तर अरुका दिदीबहिनीलाई पनि यस्तै इज्जत र संरक्षण गर्ने हो भने समाज कति सुरक्षित होला ? भन्ने सन्देश यसले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?