+
+
Shares

सोनी च्यानलमा ‘मिस नेपाल सुन्दरी’

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते १२:४९

sanyukta-timilsenaनायिका उषा पौडेलले केही समय अगाडि भारतका चर्चित सिरियलमा काम गरिन् । भारतका चर्चित टेलिभिजिनबाट प्रशारण हुने कार्यक्रममा देखिने सूचीमा अब संयुक्ता तिमिल्सिना पनि परेकी छिन् ।

भदौ १५ देखि प्रशारण हुन लागेको सिरियल ‘२०२५ जाने क्या होगा आगे’मा संयुक्ता मुख्य भूमिकामा देखिन लागेकी हुन् । उनलाई कप्यूटर इन्जिनियर नायशा जोशीको भूमिकामा दर्शकले हेर्न पाउनेछन् । सोमबारदेखि शुक्रबारसम्म बेलुकी पौने १० बजे प्रशारण हुने यो धारवाहिकलाई अप्टिमिस्टिक पोडक्शनले तयार पारेको हो ।

संयुक्ता सन् २०१० को ‘मिस नेपाल’मा सेकेन्ड रनर अप भएकी थिइन् । मुम्बइमा अभियनको तालिम लिइरहेकी यी सुन्दरीले प्रशिक्षणमार्फत यो अवसर पाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?