१५ भदौ, जलेश्वर । मधेसी मोर्चाका कार्यकर्ताहरुले महोत्तरीस्थित नेपाली कांग्रेसको कार्यालय तोडफोड र आगजनी गरेका छन् ।
प्रदेश सीमांकनको विरोधमा अनिश्चितकालीन तराई/मधेसका जिल्ला बन्द आह्वान गरेका मोर्चाका कार्यकर्ताहरुले मंगलबार विहान महोत्तरी ७ स्थित कांग्रेस कार्यालय आगजनी गरेका हुन् ।
सरकारको नेतृत्व गरेको र आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै उनीहरुले कांग्रेस कार्यालयमा ढुंगामुढा प्रहार गरी पेट्रोल छर्केर आगो लगाएका थिए ।
मोर्चाका कार्यकर्ताहरुले खैराचोकमा भारतीय सीमाबाट आउने गाडीहरुलाई अवरोधसमेत पुर्याएका छन् । उनीहरुले गाडी तोडफोडको प्रयास समेत गरेको प्रहरीले जनाएको छ ।
अहिले महोत्तरी सदरमुकाम जलेश्वर क्षेत्र तनावग्रस्त भएको छ । बजार र यातायात पूर्णरुपमा बन्द भएका छन् । अप्रिय घटना हुन नदिन थुप्रै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4