+
+

आङकाजीलाई चार दिन थुन्न अनुमति, साइबर क्राइममा मुद्दा चलाइने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १७ गते १७:४५

aankaji-sherpa

१७ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई चार दिन थुनामा राख्न अनुमति दिएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन अन्तरगत मुद्धा चलाइने प्रहरीले बताएको छ ।

टीकापुर घटनालाई लिएर समाजिक सञ्जाल फेसबुकमा सुरक्षा निकायबीच फाटो ल्याउने, जातीय तथा साम्प्रदायिक सद्भाव भड्काउने खालका सन्देश लेखेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बुधबार बौद्धबाट पक्राउ गरेको थियो ।

प्रहरीले आङकाजीलाई बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।
अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले विद्युतीय कारोबार ऐन अन्तरगत मुद्धा चलाइने बताए ।

विद्युतीय कारोबार ऐन विपरित काम गर्नेलाई १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?