Comments Add Comment

महिलामाथि गलत दृष्टि राख्ने मिडियाप्रति कडाइ आवश्यक : सञ्चारमन्त्री

१७ भदौ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महिलामाथि गलत दृष्टि राख्ने मिडियाप्रति कडाइका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

सञ्चारिका समूहले बिहीबार आयोजना गरेको कार्यक्रममा ‘व्यावसायिक बनौँ, सुरक्षित रहौँ, पत्रकार महिलाको सुरक्षा निर्देशिका’ सार्वजनिक गर्दै मन्त्री रिजालले अतिरञ्जित समाचार सम्प्रेषण नगर्न र महिलाका विषयमा संवेदनशील हुन सञ्चारकर्मीलाई आग्रह गरे ।

कुनै पनि महिलाले कार्यस्थलमा हुने दुर्व्यवहारलाई सहेर बस्न नहुने भन्दै उनले भने–“पीडित आफैँले आफूमाथि भएको अन्यायबारे बोले पछि मात्र अरु सङ्घसंस्था, निकायले न्याय दिलाउन नैतिक आधार बलियो हुन्छ ।”

नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले सञ्चारकर्मीले सधैँ जिम्मेवार र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै पत्रकार आचारसंहितालाई पालना नगर्ने सञ्चारमाध्यमलाई काउन्सिलले अनुगमन गरिरहेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महिला पत्रकारले आफूमाथि भएको कुनै पनि प्रकारका दुर्व्यवहार बारेमा आफ्नो सञ्चारमाध्यमलाई जानकारी गराउने र तुरुन्त त्यसविरुद्ध ‘एक्सन’ लिनसक्ने निकाय सञ्चारमाध्यमभित्रै निर्माण गरिनुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment