+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गच्छदारले आन्दोलन भाँड्न सक्ने उपेन्द्र यादवको शंका !

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २० गते २०:१०

२० भदौ, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विजयकुमार गच्छदार आन्दोलन भाँड्न सत्तापक्षबाट परिचालित भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
Bijay-upendra
आन्दोलनमा लागिरहेका चार मधेसवादी दल सम्मिलित मोर्चालाई भाँड्नका लागि गच्छदारले भूमिका खेल्न सक्ने यादवको आशंका छ ।

मोर्चालाई फुटाउन र मधेस आन्दोलनलाई कमजोर बनाउन गच्छदारले षड्यन्त्र गर्न सक्ने भन्दै यादवमा डराएका छन् ।

‘साँच्चै आन्दोलन गर्न लागि उनले संविधानसभाको प्रक्रिया छाडेर आएका हुन् भने हामी गच्छदारजीलाई फूलमालाले स्वागत गर्छौं,’ वीरगञ्जमा रहेका यादवले आइतबार अनलाइनखबरसँग भने, ‘होइन, आन्दोलन भाँड्न पठाइएका हुन् भने त्यो मान्य हुँदैन ।’

पहिलो मधेस आन्दोलनका बेला एउटै फोरममा रहेका गच्छदार र यादव यतिबेला अलग्लै दल र मोर्चामा छन् । तर, शनिबार बालुवाटारमा आयोजित तीनदलको बैठकबाट गच्छदार बाहिरिएपछि उनीहरुवीच सहकार्यको सम्भावना बढेको छ ।
गच्छदारले संविधानसभाको प्रक्रिया छाडेर आन्दोलनमा सहभागिता जनाउने घोषणा गरेका छन् । आन्दोलनका लागि गच्छदारले बेग्लै मोर्चासमेत बनाइसकेका छन् ।

तर, राजनीतिक एजेन्डाको हिसाबले गच्छदार ८ प्रदेशको पक्षमा छन् । उनले सुनसरी, मोरङ, सप्तरी, सिरहा र उदयपुरलाई मिलाएर बेग्लै प्रदेश बनाउने प्रस्तावसमेत यसअघि प्रमुख दलको बैठकमा राखेका थिए । तर, मधेसी मोर्चा गच्छदारको यो प्रस्तावमा सहमत छैन ।

मधेसी मोर्चामा आवद्ध चार दलसँग गच्छदारको राम्रो सम्बन्ध छैन । यही तिक्ततालाई व्यक्त गर्दै उपेन्द्र यादवले गच्छदार आन्दोलन भाँड्न परिचालित भएको हुन सक्ने आशंका व्यक्त गरेका हुन् ।

यो पनि पढ्नुस्

मधेसीबारे के सोच्दैछन् सभाध्यक्ष नेम्वाङ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?