Comments Add Comment

शिक्षकको उत्तरपुस्तिकामा पैसा र चेक !

२२ भदौ, काठमाडौं । एसएलसी दिने विद्यार्थीले उत्तरपुस्तिकामा पैसा राख्ने प्रचलन नौलो होइन । तर, तिनै विद्यार्थीलाई पढाउने शिक्षकले समेत आफूलाई पास गराइदिन भन्दै उत्तरपुस्तिकामा पैसा र चेक राख्ने गरेको फेला परेको छ । असारमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा शिक्षकहरुले नै यस्तो बदमासी गरेको भेटिएको हो ।

school_teacher5आयोग अध्यक्ष उदयराज सोतीका अनुसार आयोगले लिने हरेकजसो परीक्षामा पाँच सय र हजारका नोट फेला पर्ने गरेका छन् । ‘उत्तरपुस्तिकाको भित्री भागमा सजिलै नदेखिने गरी नगद र चेक राखिएको हुन्छ’ उनले भने, ‘परीक्षकलाई लोभ्याउन पैसा राख्ने र अन्य सांकेतिक शब्द लेख्ने परीक्षकको परीक्षा नै रद्द गर्ने गरेका छौं ।’ यस्तो रकम राजश्वमा दाखिला गरिने उनले बताएको कारोबारमा खबर छ ।

आयोगले लिएको यसअघिको परीक्षामा १५ जनाले नगद राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment