Comments Add Comment

असई हत्याको जिम्मेवारी गृह प्रशासनले नै लिनुपर्छ : मधेसी मोर्चाका नेता

२५ भदौ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध तमलोपाका महोत्तरी अध्यक्ष अभिराम शर्माले सशस्त्र प्रहरीका असईको हत्याको जिम्मेवारी नलिने बताएका छन् ।

आन्दोलनकारीको कुटाइबाट घाइते भएका असई थमनबहादुर विकको उपचारका लागि जनकपुर ल्याउने क्रममा लखेटी लखेटी हत्या भएको छ ।

घटनाबारे सोध्दा तमलोपाका महोत्तरी अध्यक्ष शर्माले भने-‘हत्या भएको मैले पनि सुनेको छु ।’

घाइते सुरक्षाकर्मीको हत्या गर्ने कस्तो आन्दोलन हो तपाईहरुको भन्ने प्रश्नमा उनले भने-‘हामी प्रेस, एम्बुलेन्स, मानवअधिकारकर्मी र दुधको गाडीलाई अवरोध गरेका छैनौं । जलेश्वरबाट जनकपुर लैजान मुल सडक प्रयोग नगरेर गाउँको बाटो किन लगियो हामीलाई थाहा छैन । उसको उत्तर गृह प्रशासनले दिनुपर्छ ।’

उनका अनुसार घटना भएको गाउँका रामविवेक यादवको हालै जलेश्वरमा भएको झडपमा मृत्यु भएको थियो । गाउँ गाउँबाट मानिसहरु आएका छन् र कफ्र्यूको उल्लंघन भएको छ’ उनले भने ।

घटनाको जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्नमा उनले भने-यसको जिम्मेवारी हामीले होइन, गृह प्रशासनले लिनुपर्छ ।’ आन्दोलनका क्रममा मृत्यु भएकाहरुको जिम्मेवारी मोर्चाले लिएको भन्दै उनले भने-‘तर, यो घटनाको जिम्मेवारी लिँदैनौं । आन्दोलनलाई बदनाम गराउने षड्यन्त्र हो ।’

उसो भए आन्दोलन तपाईहरुको नियन्त्रण बाहिर हो ? भन्ने प्रश्नमा तमलोपा अध्यक्ष शर्माले अस्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment