Comments Add Comment

३५ वटा भियग्रा क्वाप्पै पारेपछि ५ दिनसम्म आपत्

viagraपुरुषले खाने यौनबर्धक औषधि भियग्राका ३५ वटा गोली एकैचोटी खाइदिएपछि के होला ? अवश्यपनि असामान्य रुपमा यौन उत्तेजना प्राप्त होला । यस्तै भएको छ एक बेलायती पुरुषलाई ।

साथीसँग हँसिमजाक गर्ने क्रममा एकैचोटी ३५ वटा भियग्रा खाइदिएपछि ३६ वषका ड्यानियल मेडफोर्थको यौनांग पूरै ५ दिनसम्म उत्तेजित भइरह्यो ।

गत सोमबारको घटना हो यो । योर्कसायरका डानियल विदा मनाउन साथीको घर गएका रहेछन्, जहाँ उनीहरु हाँसोठट्टा गर्ने क्रममा एकैचोटी ३५ वटा भियग्राका गोली खाइदिए । त्यसपछि त के चाहियो । उनको यौनांग अशान्त भयो, अनवरत रुपमा उत्तेजित भइरह्यो । त्यतिमात्र होइन उनका आँखाले तिरिमिरी देख्न थाले, वान्ता आउला जस्तै भयो, साँच्चीकै विरामी जस्तै भए ।

उनी भन्छन् : मैले जताततै हरियै देख्न थालेँ । थामिँदै नथामिने गरी उत्तेजना चढ्न थाल्योे ।

उनले घर फर्केर सबै कुरा श्रीमतीलाई भनेपछि श्रीमती पनि आश्चर्यमा परेर एम्बुलेन्स बोलाइन् र उनलाई अस्पताल लगियो । उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरियो । उनका अनुसार अस्पतालमा डाक्टरहरुले समेत हाँसो थाम्न सकिरहेका थिएनन् तर उनीहरुलाई हाँस्ने छुट पनि त थिएन ।

आफ्नो त्यो मुख्र्याइँका कारण श्रीमती निकै रिसाएपनि अन्ततः आफुलाई माफी दिएको र आफु निकै भाग्यमानी रहेको डानियल बताउँछन् ।

त्यतिधेरै भियग्रा खाँदा समेत ज्यान जोगिएकोमा डानियल साँच्चीकै भाग्यमानी हुन् । किनकी भियग्राको अत्यधिक सेवनले मानिस अचेत हुने, ब्रेन हेमोरेज भएर मानिसको ज्यान नै जाने खतरा हुने विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment