+
+

चिलीमा ८.३ रेक्टर स्केलको भूकम्प, सुनामी आउने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते ८:१७

Cili

३१ भदौ, काठमाडौं । दक्षिण अमेरिकी देश चिलीमा ८.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले धेरै भवनहरुमा क्षति पुर्‍याएको बीबीसीले जनाएको छ ।

भूकम्प चिलीको राजधानी सेनटियोगोदेखि दुई सय ४६ किलोमिटरको दूरीमा रहेको उत्तर-पश्चिम तटीय क्षेत्रलाई केन्द्र विन्दु बनाएर स्थानीय समय अनुसार सात बजेर ५४ मीनेट जाँदा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।

भूकम्पको सतहदेखि १० किलोमिटर भित्र केन्द्र रहेको अधिकारीहरुले बताएका छन् ।

भूकम्पमा परी एक जनाको मृत्यु भएको खबर अाए पनि क्षतिको यकिन विवरण अाउन बाँकी छ ।

भूकम्पका कारण विनाशकारी सुनामी आउन सक्ने पेसेफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

उक्त इलाकाको वालपरासियो पोर्टमा सुनामीको सूचक घन्टीको आवाज आइरहेको छ भने सो क्षेत्रमा रहेका इलाकाका बस्तीहरु खाली गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?