+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गच्छदारको प्रश्नमा ओलीले भने- प्रश्नबाचक चिन्ह हटाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते १७:०४
फाइल तस्वीर
फाइल तस्वीर

३१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस आन्दोलनका उचित मागहरु सम्वोधन हुने बताएका छन् । तर अनुचित र देशलाई अहित हुने माग सम्वोधन नहुने उनले स्पष्ट पारे ।

नयाँ संविधान जारी भएको खुसियालीमा विहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आयोजित चियापान कार्यक्रममा ओलीले हिंसालाई स्थान छैन भन्ने कुरा जनताले बुझेको भन्दै नयाँ संविधानलाई सबैले आत्मसाथ गर्ने बताए ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई संविधान जारी गर्ने बेलासम्म सहमतिमा ल्याउनु हुन्छ ? भन्ने अनलाइनखबरको जिज्ञासामा ओलीले भने, ‘तपाईंको प्रश्नबाट प्रश्नबाचक चिन्ह हटाउनुस् । कुरो बुझ्नुस् ।’

शीर्ष नेताको बैठक बालुवाटारमा

गच्छदारलाई सहमतिमा ल्याउन प्रमुख दलका नेताहरुले छुट्टा छुट्टै छलफल गर्दै आएका छन् । विहीबार विहानैदेखि पनि छलफल जारी छ । छुट्टा छुट्टै छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक जारी छ ।

ओलीलाई विहीबार बिभिन्न देशका राजदूतहरुले समेत भेटेका छन् । सो भेटबारे सोधिएको एक प्रश्नमा ओलीले भने, ‘कुनै व्यक्तिको कुरातर्फ म जान्न छिमेकी र सबै अन्तराष्ट्रिय समुदायले संविधान पारित भएकोमा खुसीका साथ स्वागत गरेका छन् र बधाइ दिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?