Comments Add Comment

चीनमा प्याराग्लाइडिङ उडाउँदै नेपाली

५ असोज, पोखरा । लामो समयदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका नेपाली पाइलट वैशाखअघि निकै व्यस्त थिए । ‘सिजन’ र ‘अफसिजन’ बाह्रैमास पर्यटक आउँदा पाइलटलाई भ्याई नभ्याई थियो । जब भूकम्प गयो, नेपालमा रहेका सबै विदेशी फर्किए । आउने तयारीमा रहेका पनि रोकिए ।

एकाएक पाहुना अभाव भएपछि प्याराग्लाइडिङ उडाइरहेका नेपाली पाइलट कामबिहीन भए । नेपालमा तत्काल पाहुना आउने संकेत नदेखेपछि विदेसिन थाले । धेरैजसो छिमेकी चीन हानिए, त्यतै काम सुरु गरे ।

गत जनवरीमा चीनका विभिन्न सहरमा प्रवर्द्धनात्मक उडानका लागि गएका उनीहरु मेपछि व्यवसायिक उडानमा गएको नागरिकमा खबर छ । तत्काल पर्याप्त पर्यटक आउने सम्भावना नदेखेपछि बिदेसिनुपरेको उनीहरुको भनाइ । ‘पोखरा यतिबेला सुनसान छ तर, हाम्रो काम पर्यटकलाई उडाउने हो,’ चीनमा प्याराग्लाइडिङ उडायन थालेको शंकर पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment