Comments Add Comment

६० दिनमै एकानब्बे व्यावसायिक फार्म दर्ता

६ असोज, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा ९१ व्यावसायिक फार्म दर्ता भएका छन् ।

साउन र भदौ महिनामा ती व्यावसायिक फार्म दर्ता भएका हुन् । भुसा इँटा उद्योग, होटेल रेस्टुराँ, ह्याचरी, माछापालन, कुखुरा फार्म, कुटानी पिसानी मिल, साना उद्योग, सुनचाँदी पसल, सिलाइकटाइ, भैँसी फार्म, बङ्गुर फार्म, मेडिकल, नर्सरी, कम्प्युटर सिकाइ केन्द्र, कृषि औजार, सटरिङ, फेन्सी स्टोर, इलेक्ट्रोनिक र फर्निचरलगायतका व्यावसायिक फार्म दर्ता भएका हुन् ।

व्यवसाय सञ्चालन गर्नका लागि नगरपालिकामा दर्ता गर्नुपर्छ भन्ने जनचेतना फैलाउने कार्य गरिए पछि व्यावसायिक फार्म दर्ता हुने क्रम सुरु भएको नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले बताए ।

दर्ता भएका व्यवसाय र फार्मबाट रु तीन लाख ३० हजार बढी राजस्व सङ्कलन गरिएको उनले बताए । करको दायरामा आउन नसकेका व्यावसायिक फार्म र साना उद्योग दर्ताका लागि घर दैलो अभियान सञ्चालन गरिएको छ ।

स्थानीय स्वायत्त शासन ऐन २०५५, नियमावली २०५६ को नियम ११८ ‘क’ बमोजिम गठित नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गरेका व्यावसायिक फार्मबाट राजस्व सङ्कलन गर्ने प्रावधान रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment