Comments Add Comment

बाँदरलाई सेल्फीको अधिकार माग्दै अदालतमा मुद्दा

24monkey

बाँदरको विश्वचर्चित सेल्फी तस्वीरको स्वामित्वको विषयलाई लिएर भएको विवाद नयाँ चरणमा पुगेको छ । एकजना वन्यजन्तु फोटोग्राफरको क्यामराको बटन आफै दबाएर कालो बाँदरले खिचेको ४ वर्ष अघिको रोचक तथा चर्चित सेल्फीको प्रतिलिपि अधिकार सम्बन्धी मुद्धा संघीय अदालत सम्म पुगेको छ ।

वन्यजन्तु अधिकारवादी संस्था पेटाले उक्त सेल्फीको स्वामित्वका विषयलाई लिएर फोटोग्राफर डेभिड जे स्लेटर तथा उनको कम्पनीमाथि अमेरिकाको सनफ्रान्सिस्कोको अदालतमा मुद्धा दायर गरेको छ । स्लेटर र उनको कम्पनी दुबैले सेल्फीको स्वामित्व आफ्नो रहेका दाबी गरिरहेका छन् ।

पेटाले दायर गरेको मुद्दामा सेल्फीको अधिकार फोटोग्राफर तथा उनको कम्पनीको नभै क्यामराको बटन दबाउने नारुतो नामको बाँदरकै हुने दाबी गर्दै बाँदरको नाममै सेल्फीको प्रतिलिपि अधिकार कायम गरिदिन माग गरिएको छ ।

यदि पेटाले दायर गरेको यो मुद्धाको पक्षमा अदालतले फैसला दियो भने त्यो ऐतिहासिक र अभूतपूर्व हुनेछ । यो सँगै विश्वमा पहिलोपटक मानिस बाहेकको कुनै जनावर सम्पत्तिको मालिक घोषित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment