Comments Add Comment

इदको अवसरमा मधेसी मोर्चाको बन्द फिर्ता

Bakar-Id

८ असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसका जिल्लाहरुमा गर्दै आएको बन्द शुक्रबार एक दिनका लागि बन्द भएको छ । मुस्लिम समुदायको महान चाड बकर ईदको अवसरमा बन्द फिर्ता लिइएको हो ।

चाडपर्व मनाउन सहज होस् भनेर एक दिन बन्द फिर्ता लिइएको मोर्चाले जनाएको छ । एक महिनादेखि जारी बन्द हड्तालका कारण अस्तव्यस्त भएको जनजीबन शुक्रबार केही सहज भएको छ ।

सरकारले बकर इदका अवसरमा शुक्रबार सार्वजनिक बिदासमेत दिएको छ ।

इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा बकर इद मनाइन्छ । मुस्लिम धर्मालम्वीहरु बिहानै स्नान गरी नजिकैको इदगाह र मस्जिदमा गई सामूहिक नमाज पढ्छन् र एक आपसमा अंकमाल गर्दै शुभकामना आदान-प्रदान गर्दछन् ।

बकर इदका अवसरमा राजधानीको जामे मस्जिदसहित मुलुकभरका इदगाह तथा मस्जिदहरुमा मुस्लिम धर्मालम्वीहरुको भिड लागेको छ ।

इदको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र बिभिन्न राजनीतिक दलका नेताहरुले देश विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायहरुमा शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment