Comments Add Comment

जोर/बिजोरको प्रभाव : सुनसान सडक, खचाखच यात्रु (फोटोकथा)

Gadi Ko tanab (1)

कबिन अधिकारी

१० असोज, काठमाडौं । त्यसै त, सार्वजानिक बिदाको दिन सडकमा सवारीसाधनको चाप कम हुन्थ्यो । त्यसमाथि सरकारले जोर/बिजोर प्रणाली लागू गरेपछि राजधानीका सडक सुनसान देखिने नै भए ।

जोर/बिजोर प्रणाली लागू भएको पहिलो दिन सडकमा सवारी साधन पातलिएको देखियो । सडकमा सवारी साधन पातलिएसँगै यात्रुहरुले भने सास्ती भोगेको पनि देखियो । जोर/बिजोर प्रणालीका कारण यात्रुहरु झुण्डिएर जोखिम यात्रा गर्न बाध्य भएका छन् ।

भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पद्धार्थको आपूर्ति हुन नसकेपछि सरकारले आइतबार बाट अनिश्चतकालका लागि जोर/बिजोर प्रणाली लागू गरेको हो ।

सरकारले सकेसम्म सार्वजनिक सवारी साधन प्रयोग गर्न समेत सबैलाई अपील गरेको छ । आइतबारदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधनमात्रै सञ्चालन गर्न पाइने गृहमन्त्रालयले जनाएको छ ।

नेपाल आयल निगमसँग अहिले देशभर २१ हजार लिटर पेट्रोलियम पदार्थ छ । जोर विजोर प्रणाली लागू भएपछि अहिले भएको मौज्दातले दुईदेखि तीन सातासम्म पुग्ने बताइएको छ ।

थप फोटोहरू

Gadi Ko tanab (2) Gadi Ko tanab (3) Gadi Ko tanab (4)

even and odd vehicle (1) even and odd vehicle (2) even and odd vehicle (3)
even and odd vehicle (6)
even and odd vehicle (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment