Comments Add Comment

फेसबुकले खोज्यो रीमाको जोडी, चलचित्र करिअर नरोकिने

reema-bihe
नायिका रीमा विश्वकर्मा वैवाहिक जीवनमा प्रवेश गरेकी छिन् । आईतवार होटल हायातमा उनको विवाह सम्पन्न भएको थियो । वेलायत निवासी रोवर्ट ल्वागुन विश्वकर्मासँग उनको प्रेम विवाह भएको हो ।

रीमा र ल्वागुनको भेट डेढ वर्ष अगाडि भएको थियो । रीमाले राष्ट्रियताको सन्दर्भ जोडेर फेसबुकमा लेखेको स्टाटस मन परेपछि ल्वागुनले रीमासँग सम्पर्क बढाएका थिए । डेढ वर्षको प्रेमपछि उनीहरु विवाह बन्धनमा बााधिएका थिए ।

केही चलचित्रमा सम्झौता गरिसकेकाले विवाहपछि पनि चलचित्रकै कामलाई प्राथमिकता दिने उनको भनाई छ । विवाहले चलचित्र करिअरमा कुनै असर नपर्ने उनले बताएकी छिन् ।
reema-biswokarma
प्रशन्न पौडेल निर्देशित चलचित्र ‘स्वर’ वाट चलचित्रमा प्रवेश गरेकी रीमाले ‘भीसा गर्ल, ऋतु, भाले फाइट’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘भाले फाईट’ अहिले प्रदर्शन भईरहेको छ । पचास भन्दा बढी म्युजिक भिडियोमा उनले मोडलिङ गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment