Comments Add Comment

कृपया यी चार कुरा आफ्नो ब्वायफ्रेण्डसँग नगर्नुस्

Lovers

माया प्रेमको सुरुसुरुमा प्रेमिकाहरु निकै वाचाल हुन्छन् र आफ्नो नयाँ प्रेमीसँग मन खोलेर गफिन्छन् । सायद कुरा नलुकाइकन प्रेमीसँग कुरा गरेमा आफुप्रतिको उसको विश्वास बढ्छ र सम्बन्ध गाढा हुन्छ भन्ने विश्वास उनीहरुमा हुन्छ ।

आफ्नो अन्तरमनमा जतिधेरै संवेगहरु चल्दछन् त्यसलाई उनीहरुले तुरुन्तै आफ्नो प्रेमीसँग शेयर गर्दछन् । तर कहिलेकाहीँ यस्तो इमान्दारी महंगो सावित हुनसक्छ । अनि तपाइँको प्रेमी नजिक आउनुको साटो तपाइँबाट टाढा हुने बहानाको खोजी गर्न थाल्दछ अनि सम्बन्ध चिसिँदै जान्छ । त्यसैले आफ्नो सबैभन्दा नजिकको ठानिएको मनको राजा अर्थात् प्रेमीसँग यी ४ कुरा सम्बन्धको सुरुवात ताका कहिल्यैपनि नगर्नुस् :

तिमी मेरो भूतपुर्व प्रेमीजस्तै देखिन्छौ :

कोहीपनि पुरुष यो सुन्न चाहँदैन की उसलाई आफ्नो प्रेमिकाले उनको पूर्व प्रेमीसँग दाँजोस् । वास्तवमा आफ्नो प्रेमिकाको आफु बाहेक अरु कुनै पुरुषसँग समेत सम्बन्ध थियो भन्ने कुरा नै पुरुषहरु सुन्न चाहँदैनन् । यदि तपाइँले आफ्नो ब्वायफ्रेण्डलाई रिझाउनका लागि उसलाई तपाइँको भुपुसँग दाँजेर फुरुक्क पार्नुभएको छ भने होसियार हुनुस् तपाँले आफ्नो प्रेमसम्बन्धमा सुरुमै विष रोपिसक्नुभएको  छ । अनि तपाइँले यस्तो कुरा गरेबाटै तपाइँको प्रेमी तपाइँबाट टाढा हुने विभिन्न बहानाको खोजीमा लागिसकेको हुनेछ ।

तिम्रो साथीको पहिरन तिम्रोभन्दा राम्रो हुन्छ :

प्रेमिकाहरुले बुझ्नुपर्ने कुरा यो हो की उनीहरुले गर्ने सारा प्रसंसाहरु केवल प्रेमीहरुकै बारेमा होउन् । यदि तपाइँले आफ्नो प्रेमीको साथीलाई प्रसंसा गर्न थाल्नुभयो र साथीको तुलनामा आफ्नो प्रेमीलाई कमजोर सावित गर्न थाल्नुभयो भने तपाइँको आपसी सम्बन्ध कमजोर बन्नेछ । तपाइँकेा यस्तो टिप्पणीबाट ब्वायफ्रेण्डको चित्त दुख्नेछ । भलै उ तपाइँको अगाडि मुस्कुराउनेछ तर उसको मनमा तपाइँप्रति असुरक्षाको भावना तथा शंकाको भावना जाग्नेछ ।
हाम्रो बच्चाको नाम के राख्छौ :

भलै तपाइँ ब्वायफ्रेण्डप्रति समर्पित हुनुहुन्छ, उसँग बिहे गर्ने र जिवन बिताउने पक्का छ । तर आखिर विवाह र बच्चा पाउने बारेमा कुरा गर्न किन यति हतार ? केटाहरु उसैपनि विवाहको कुराले हडबडाउँछन् । केटाहरुलाई पर्याप्त तयारी तथा मनोवल सिर्जना नभैकन तपाइँले विवाहको लागि अप्रत्यक्ष रुपमा दबाब दिने अझ बच्चा पाएर नाम जुराउने सम्मका कुरा गर्न थाल्नुभयो भने तपाइँको प्रेमी आत्तिने  र सम्बन्धबाट भाग्न खोज्ने जोखिम हुनेछ ।

तिम्रा साथी मलाई मन पर्दैनन् :

तपाइँले यो कुरा स्विकार्नु पर्छ की तपाइँको ब्वायफ्रेण्डले तपाइँलाई निकै माया गर्छ तर तपाइँका लागि आफ्ना साथीभाइ त्याग्न सक्दैन । भलै तपाइँलाई आफ्नो प्रेमीका साथीसँगीहरुको आनीबानी मन पर्दैन र त्यस्ता साथीभाइसँगको सँगत छुटाउन चाहनुहुन्छ तथापि आफ्नो सम्बन्धको भलाइका लागि तपाइँ यो विषयमा चुप रहनु नै श्रेयस्कर हुनेछ । यद्यपि खराब सँगले प्रेमी निकै बिग्रिरहेको छ र कुलतमै फसिरहेको छ भने त त्यसमा चुप लाग्ने कुरै छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment