Comments Add Comment

पत्रकारलाई नेम्वाङको आग्रह-संविधान कार्यान्वयन गर्न दवाव दिनुस्

Namaste-Bihani-Weekly

१२ असोज, चितवन । सभामुख सुवास नेम्वाङले नयाँ संविधान कार्यान्वयन गराउन पत्रकारहरुले दवावमूलक भूमिका खेल्नुपर्ने बताएका छन् । उनले सामाजिक सदभाव नभड्कियोस् भनेर सचेत हुनुपर्ने धारणा समेत राखे ।

‘नमस्ते विहानी’ साप्ताहिक पत्रिकाको मंगलबार चितवनमा बिमोचन गर्दै नेम्वाङले सो धारणा राखेका हुन् । उनले संविधानको कार्यान्वयनसँगै स्थानीयका आवाज पत्रकारिताको माध्यमबाट केन्द्रसम्म पुर्‍याउन पत्रकारहरुले सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारिताको आचारसंहितामा रहेर काम गर्न र गुणस्तरीय सामाग्री प्रकाशनलाई निरन्तरता दिन सुझाव दिए ।

हरेक मंगलबार प्रकाशित हुने सो पत्रिकाको सभामुख नेवाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. विष्ट र प्रधानसम्पादक तथा प्रवन्ध निर्देशक राजेन्द्र आचार्यले संयुक्तरुपमा विमोचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment