+
+
Shares

सामाखुशीको कवि गोष्ठीमा हसिना प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ९:५८

काठमाडाैं । सामाखुशी साहित्य समाजले स्थापना दिवसको १२ वर्ष पुगेको उपलक्ष्यमा प्रतियोगितात्मक कवि गोष्ठी सम्पन्न गरेको छ ।

Hasinaअसोज ९ गते वरिष्ठ कवि भुवनहरि सिग्देलको प्रमुख आतिथ्य र सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा प्रतियोगी र अप्रतियोगी गरी ६४ जना कविहरुले कविता वाचन गरेका थिए ।

सो कार्यक्रममा प्रथम सुशिला खड्का ‘हसिना’, द्घितीय प्रभा बराल, तृतीय कल्पना काफ्ले र सान्त्वना पुरस्कार कमला रिसाल ‘ज्योति’, हृदयपाणी अधिकारी र रत्ननिधि रेग्मी गरी तीन जनाले पाएका थिए ।

प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरी विजयी कविहरुलाई हौसला प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सम्पूर्ण आर्थिक व्यवस्थापन अमेरिका निवासी कवि गोर्वधन पूजाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?