+
+
Shares

सिटिजन्सले पायो प्रिमियर फिनान्स किन्ने अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते १२:४९
१३ असोज, काठमाडौं ।  नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सिटिजन्स बैंकलार्इ प्रिमियर फिनान्स कम्पनी प्राप्ति अर्थात् एक्वायर गर्न अनुमति दिएको छ ।
Citizen-Bank-International
प्रिमियर फिनान्स प्रतिकित्ता सेयर २८ रुपैयाँको दरले किन्ने सिटिजन बैंकले जनाएको छ ।  जसअनुसार १२ करोड रूपैयाँ चुोफा पुँजी भएको यो कम्पनी किन्दा सिटिजनको चुक्ता पुँजी भने ५ करोड रूपैयाँले मात्रै बढ्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड रूपैयाँ छ । राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा न्यूनतम चुोफा पुँजी ८ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिइसकेको छ ।
अागामी असोज २८ गते हुने सिटिजन बैंकको साधारणासभाले अाैपचारिकरूपमा प्रिमियर फिनान्स कम्पनी किन्ने निर्णय गर्दै छ । बैंकले यसअघि दुई वटा फाइनान्स कम्पनी नेपाल हाउजिङ र पिपुल्स फाइनान्स किनिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?