+
+

आधा घन्टा शरिर तन्काउने झरना, किम कार्दशियनकाे फिगरको फ्यान

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते ११:४०

Jharana thapa_Fitness
एकसय बढी चलचित्रमा अभिनय गरेकी झरना थापा आफ्नो शरिरलाई सन्तुलनमा राख्ने नायिकाको रुपमा चिनिन्छिन् । उनको चम्किलो मुहार तर तन्दुरुस्त शरिरको चर्चाले स्थान पाउने गरेको छ नेपाली चलचित्र क्षेत्रमा । तर, उनी कहिल्यै डाईटिङ गर्दिनन् ।

ठिक्क मात्रै खान खाने गरेकी झरना अहिले दुई किलो मोटाउने योजनामा छिन् ।अनलाइनखबरको ‘फिटनेश’ स्तम्भ अन्तर्गत गरिएको कुराकानी :

तपाईको उचाई र तौल कती छ ?
उचाई ५.२ इन्च र तौल ५० केजी छ ।

दुब्लाउने सोचमा हुनुहुन्छ कि मोटाउने ?
दुई किलो जती मोटाउन पाए हुन्थ्यो भन्ने लागेको छ । त्यसैका लागि डाइट खाँदै छु । अब केही दिनमा मोटाउछु होला ।

एक्सरसाइज के-के गर्नुहुन्छ ?
सधै क्लब जान भ्याउदिन । सुटिङ नभएको बेला मात्रै इन्द्रेणी क्लब जान्छु  । क्लब गएको बेला फिजिकल एक्सरसाईज गर्छु । दुई घण्टासम्म गर्छु ।

जिम जाने गर्नुभएको छ ?
स्पेशल जिमकै लागि भनेर गएको छैन । तर, क्लब गएको बेला जिम पनि गर्छु ।

मर्निङ वाक जानु हुन्छ कि हुन्न ?
मर्निङ वाक त कहिल्यै जान्न ।

योगा गर्नुहुन्छ कि हुन्न ?
क्लब गएको वेला क्लबमै गर्छु । घरमा भएको वेला घरमा पनि गर्छु । तर, सुटिङमा काठमाडौ बाहिर गएको वेला त्यती सम्भव हुँदैन ।

पानी कती पिउनुहुन्छ ?
शरिरलाई आवश्यक पर्ने पानी मैले जहिले पिउछु । दिनमा सात/आठ लीटर पानी पिउने गर्छु ।

कुन सेलीब्रेटीको फिगर मन पर्छ ?
मलाई किम कार्दशियनको फिगर मन पर्छ । उनलाई जस्तो लुगा लगाएपनि सुहाउँछ ।

डाईटिङ गर्नुहुन्छ कि हुन्न ?
म कहिल्यै पनि धेरै खान्न । ठिक्क मात्रै खान्छु त्यसकारण आजसम्म डाईटिङ गरेकी छैन ।

कती घण्टा सुन्तुहुन्छ ?
सात देखि आठ घण्टा ।

हरेक मान्छेले स्वस्थ हुनका लागि गर्नैपर्ने कुरा के-के हुन् ?
हरेक ब्यक्तिले स्वास्थ जीवन जीउनका लागि दिनमा कम्तिमा पनि आधा घण्टा शरिरका विभिन्न अंग तन्काउनुपर्छ । त्यसका लागि क्लबमै जानुपर्छ भन्ने छैन । आफ्नै घरको काम गरेर पनि शरिरका विभिन्न अंग तन्काउन सकिन्छ ।

कामको थकानले सुटिङ गर्दा बिरामी हुनु भएको छ ?
त्यस्तो त धेरै छ । ‘तिमी मात्र तिमी’को सुटिङ गर्दा पानीमा भिजेकाले बिरामी भएँ । ‘म तिमी बिना मरिहाल्छु’ मा पनि काम गर्दा त्यस्तै गार्‍हो भयो । ‘फेसबुक’मा पनि काम गर्दा बिरामी भएकी थिएँ ।

के भयो भने कलाकारहरु सुटिङ गर्दा बिरामी नहोलान् ?
त्यसको लागि सुटिङको एउटा निश्चित समय बनाउनु पर्छ । तर, हाम्रो क्षेत्रमा सबै कुरा सम्भव नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?