Comments Add Comment

इन्धन नहुँदा पहाडी क्षेत्रका सवारी चल्नै छाडे

रविन भट्टराई

१५ असोज, ताप्लेजुङ । अघोषित नकाबन्दीका कारण ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाहरुमा इन्धन अभाव भएपछि लामो तथा छोटा दूरीका सयौँ सवारी सञ्चालन हुन छाडेका छन् ।

Taplejungताप्लेजुङ र पाँचथरमा मात्र लामो तथा छोटो दूरीमा सञ्चालन हुने करिब तीन सय सवारीसाधन बुधबारबाटनै थन्क्याइएको यातायात व्यवसायी जंग सुनुवारले बताए ।

सार्वजनिक सवारीसाधनका लागि पनि यी जिल्लाहरुमा तेल नहुँदा सवारी थन्क्याउनुपरेको उनको भनाई छ ।

ताप्लेजुङबाट पाँचथर, इलाम, झापाको बिर्तामोड, धरान, काठमाडौंलगायतका लामो दूरीमा सेवा दिने सवारीसाधन इन्धन अभावको मारमा परेका हुन् । जिल्लाबाट बसको यात्रा गर्ने मात्रै दैनिक छ सयभन्दा बढी यात्रु थिए ।

अहिले ताप्लेजुङबाट दैनिक तीन देखि चार वटा सम्म मात्र यात्रुवाहक बस छुट्ने गरेको छ, यो सयममा दैनिक छ वटा सम्म चलाउने गरेको थियो तेल अभावमा सबै बस छुटाउन सकिएको छैन कनकाई बस व्यवसायि संघ ताप्लेजुङका इन्चार्ज राजन गुरुङले बताए । अन्य व्यवसायीका पनि लामो दूरीमा चल्ने झन्डै ७० प्रतिशत सवारीसाधन थन्क्याइएको बताइएको छ ।

अहिले पाथिभरा आउने तीर्थ यात्रु र चाड पर्व नजिकिएकोले जिल्ला भित्रने तथा बाहिरीने यात्रुको चाप बढि हुने समय हो । यता ताप्लेजुङबाट छुट्ने ट्याक्सीको अवस्था पनि उस्तै छ । तेल नभएपछि जिल्लाबाट छुट्ने २० भन्दा बढी ट्याक्सी कामविहीन छन् ।

कञ्चनजंघा ट्याक्सी व्यवसायी संघद्वारा प्रदान गरिने सेवामा ५० प्रतिशतभन्दा बढीले कमी आएको छ । ताप्लेजुङ देखि दैनिक लामो दूरीमा ८ देखि १० वटासम्म ट्याक्सी छुट्ने गरेको भए अहिले २/३ वटा मात्र छुट्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment