Comments Add Comment

गोदरेजले ल्यायो दशैं तिहार योजना

१५ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व दशैं तिहारलाई लक्षित गर्दै गोदरेज कम्पनीले ‘सिल दी डिल’ उपहार योजना ल्याएको छ ।

Godrej Sceemयस उपहार योजनाअन्तर्गत ग्राहकले नगद पुरस्कार जित्न सक्ने बताइएको छ । गोदरेजका उत्पादनहरु ख्रिद गर्दा ग्राहकले स्क्रयाच कार्ड प्राप्त गर्नेछन्, उक्त कार्ड स्क्रयाच गर्दा २० हजार रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्ने कम्पनीले बताएको छ ।

गोदरेजको सिंगल डोर रेफि्रजेरेटर, माइक्रोवेभ ओभन र सेमी अटामेटिक वासिङ मेसिनको खरिदमा एउटा स्क्रयाच कार्ड पाइने छ भने डबल डोर रेफि्रजेरेटर र फुल्ली अटोमेटिक वासिङ मेसिनको खरिदमा दुईवटा स्क्राच कार्ड प्राप्त हुने बताइएको छ ।

कम्पनीका प्रतिनीधि ललित कुमार मिश्रले भने- ‘हाम्रो उत्पादनहरुबाट ग्राहक महानुभावहरुले धेरै खुशी प्राप्त गरेका हुनाले चाडपर्वमा अझ बढी खुशी दिन र उत्सव मनाउनको लागि हामीले यो योजना ल्याएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment