१८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनभित्रै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरु अख्तियारको फन्दामा पर्ने बताएका छन् ।
नवलपरासीको देवचुली नगरपालिका अन्तर्गत चौधरीग्रामका मजदुरहरुले आइतबार बिहान गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एकीकृत नेकपा माओवादी भ्रष्टाचारीको अखडा भएको बताए । ‘एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्चा भनेर छाडेँ’, भट्टराईको भनाई उदृत गर्दै एक सहभागीले भने, ‘एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्र अख्तियारको फन्दामा पर्दैछन् ।’
नयाँ सरकार गठन हुने समयमा पूर्वप्रधानमन्त्री भट्टराईबाट आएको अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको नागरिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4