Comments Add Comment

आयल निगम वीरगञ्जका हाकिम मधेसी मोर्चाको नियन्त्रणमा

Ashok-Saha

  • नेपाल आयल निगम वीरगञ्ज वितरण केन्द्रका प्रमुख अशोक साह रातो घेरामा

१८ असोज, वीरगञ्ज । नेपाल आयल निगम वीरगञ्ज वितरण केन्द्रका प्रमुख अशोक साहलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता-कार्यकर्ताहरुले झण्डै चार घण्टा नियन्त्रणमा लिएका छन् ।

ना ३ प ७१६६ नम्बरको मोटरसाइकलमा एक सहयोगीसहित कार्यालयको कामले सोमबार विहान रक्सौलस्थित भारतीय आयल कर्पोरेशनमा जाँदै गरेका साहलाई दशगजा क्षेत्रमा रहेको मितेर पुलबाट मोर्चाले नियन्त्रणमा लिएको हो ।

कार्यालयको कामले रक्सौल जाँदै गर्दा आन्दोलनकरीहरुले आफूलाई रोकेर धर्ना स्थलमा बसाएको वितरण केन्द्र प्रमुख साहले जानकारी दिए । उनी इन्धनको सहज आपूर्तिका लागि भारतीय अधिकारीहरुसँग कुरा गर्न रक्सौला जाँदै थिए । तर, संघीय समाजवादी फोरम नेपालका नेता प्रदीप यादव नेतृत्वको टोलीलाई साहलाई नियन्त्रणमा लिएर आफूहरुसँगै धर्नामा बसाएको हो ।
मोर्चाका नेता यादवले रक्सौलबाट इन्धन ढुवानीका लागि चाँजोपाजो मिनाउन जान लागेका साहलाई सम्मानपूर्वक आन्दोलन स्थलमा बसाएको बताए । ‘मधेसी जनता अधिकारकालागि नाकामा धर्ना बसिरहेका बेला भारतबाट इन्धन ढुवानी गरी काठमाडौं पठाउन खोजेकाले नियन्त्रणमा लिएका हौं,’ उनले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आन्दोलनकारीको नियन्त्रणमा रहेका साहलाई केहीबेरमा छाड्ने आन्दोलनकारीहरुले बताएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment