+
+

योजनाको ‘सान्नानी’ र नविनको ‘हरेक जातजाती’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १२:४०

barsha-and-nabin
गायिका योजना पुरीले ‘सान्नानी भन्छन् कोही मलाई’ बोलको गीतको भिडियो  सार्वजनिक गरेकी छिन् । फराज अर्पणले निर्देशन गरेको भिडियोमा बर्षा राउत र संकल्प श्रेष्ठको मोडलिङ छ । गीतमा एक यूवतीलाई अरुले विभिन्न नामले बोलाउने कुरा समावेश छ । योजनाले छोटो समयमै भिडियोले चर्चा पाएकोमा खुशी व्यक्त गरिन् ।


यस्तै, लोक गायक नविन पौडेलले पनि ‘हरेक जातजाती’ बोलको फरक शैलीको गीत सार्वजनिक गरेका छन् । शिवम् पोख्रेलको निर्देशन रहेको भिडियोमा विभिन्न कलाकारले अभिनय गरेका छन् । गीतले राष्ट्रियताको कुरा पनि उल्लेख गरेको छ ।

नविनकै शब्द र संगीत गीतमा छ । कल्पना खनालले नविनलाई गीत गाउन साथ दिएकी छिन् । अहिलेको अवस्थामा राष्ट्रियताको भावना हरेक नेपालीमा उत्पन्न हुन जरुरी छ । नविनले यो गीतले यसमा अझै साथ दिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?