+
+

धनियाँमा पनि निर्भर छैन नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते ७:५१

१९ असोज, काठमाडौं । भारतले आफू अनुकुलको संविधान नभएको भनी नेपालमा अघोषित नाकाबन्दी गरेपछि नेपाल आत्मनिर्भर हुनुपर्ने बहस सबैतिर छ ।

dhaniyaतर नेपाल आत्मनिर्भर हुनुपर्ने बहस शुरु हुँदा नेपालमा उत्पादन गरेर विदेश निर्यात गर्न सकिने बस्तुसमेत उत्पादन नभएर विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ ।

नेपालले विदेशबाट आयात गर्ने वस्तुको लामो सूचीमा धनियाँ समेत छ । धनियाँ नेपालमै प्रशस्त उत्पादन गरेर विदेश निर्यात गर्नुपर्नेमा उल्टै भारतबाट ठूलो परिमाणमा धनियाँ नेपाल भित्रिने गरेको छ ।

ब्यापार निकासी प्रवर्द्धन केन्द्रका अनुसार भारत र तेस्रो मुलुकबाट धनियाँ र यसको बिउ आयात भएको नागरिक दैनिकमा खबर छ ।

केन्को आर्थिक वर्ष २०७१/७२ को अभिलेखमा ४२ करोड ५३ लाख ७३ हजार ३ सय ७५ रुपैयाँको धनियाँ बिउ र टुक्राइएको धनियाँ आयात भएको छ । अन्य सामानजस्तै नेपालले धनियाँ आयात गर्ने प्रमुख देश भारत हो । सात समुन्द्र पारीका बुल्गेरिया र अर्जेन्टिनाबाट पनि धनियाँ आयात भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?