+
+

अमेरिकाको टेक्सासमै गरियो इन्द्रजात्रा, लाखे नाँच देखेर विदेशी दंग  

टेक्सास । काठमाडैका नेवार समुदायले मनाउने इन्द्रजात्रा अमेरिकाको टेक्सासमा पनि गरिएको छ । अमेरिकाको टेक्सासमा पहिलो पटक इन्द्रजात्रा मनाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १५:१६

indrajatra-USAबिकाश राज न्यौपाने 

टेक्सास । काठमाडैका नेवार समुदायले मनाउने इन्द्रजात्रा अमेरिकाको टेक्सासमा पनि गरिएको छ । अमेरिकाको टेक्सासमा पहिलो पटक इन्द्रजात्रा मनाइएको हो । युनाइटेड नेवा: यूएसएको आयोजनामा टेक्सास राज्यको रिभर लिगेसी पार्क आर्लिंगटन शहरमा पहिलो पटक इन्द्र जात्राको आयोजना गरिएको थियो ।

इन्द्र जात्राको अवसरमा शुभकामना तथा अन्य कार्यक्रमसहित अक्टोबर ४ आइतबारका दिन इन्द्रजात्रा गरिएको हो । कुमारीको हातबाट दीप प्रज्वलन गरेर उद्घाटन गरिएको उक्त कार्यक्रम नेवारी संस्कृति झल्कने धिमे बाजा शुरु गरिएको थियो। काठमाडैको स्थानीय लाखे नाच देखेर अमेरिकी नागरिकहरू दंग परे ।

indrajatra-USA_2कार्यक्रमको संचालन संस्थाका महासचिब स्वयम्भु शाक्यले स्वागत, डा सर्मिला श्रेष्ठ तथा  प्रमेश श्रेष्ठले अध्यक्षता गरेका थिए । मेरिल्याण्ड, बाल्टिमोरबाट आएका नेवारी समुदायका पुरोहित भासभ राजोपाध्यायले इन्द्रजात्राको धार्मिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पारेका थिए ।

टेक्सासको ड्यालसमा रहेका सम्पूर्ण संघ संस्थाहरुको उत्साहप्रद उपस्थितिमा भएको उक्त कार्यक्रम नेवा: खाना मोमो, छोयला बजी, मुस्या आदि नेवारी खानाको व्यवस्था गरिएको थियो। कार्यक्रममा आकर्षणको रुपमा काठमाडैको स्थानीय लाखे नाच तथा पुलु किसी नाच, कुमारी पूजा, सम्य बजी, मंजु श्री नाच, चंगा उडाउने, बच्चाबच्चीको लागि बिशेष खेलको आयोजना गरिएको थियो।

indrajatra-USA_3नेपाली समाजका महासचिब विजयराज भट्टराई, एनआरएन अमेरिकाका सल्लाहकार तथा पूर्व  नेपाली समाजका अध्यक्ष गौरी जोशी, नेपाली जन सम्पर्क समिति वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारी,समाजसेबीहरु  सरोज जोशी, डा सन्जीब श्रेष्ठ, कपिल अधिकारी, सन्जीब श्रेष्ठ, ड्यालस  एभरेष्ट लायन्स क्लबका अध्यक्ष केशव लामिछाने लगायतको उपस्थिति थियो ।

यस्तै, एनआरएन टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने,  समाजसेबी सुन्दर कर्माचार्य, नेपाली जनसम्पर्क समिति ड्यालस फोर्थवोर्थ चाप्टर सभापति ज्ञानेन्द्र कार्की, समाजसेबी मकर बज्राचार्य, राम गमाल  लगायत कार्यक्रममा  उपस्थित सबै खुशी देखिन्थे ।

indrajatra-USA_4 indrajatra-USA_5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?