+
+

एनआरएनए कोषाध्यक्षमा ढकालको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १५:१२

सिड्नी । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षमा अष्ट्रेलियाबाट भैरब ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेकाद छन् ।

bhairab dhakalएनआरएनए अष्ट्रेलियाका पूर्व उपाध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य ढकालले पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरेका छन् ।

एनआरएनएलाई बिगतका दिनदेखि सघाउँदै आएका ढकालले एनआरएनए आइसीसीको पूर्व घोषित योजनाअनुसार भूकम्प पीडितलाई एकहजार घर निर्माण कार्यमा सघाउने तथा काठमाडांैको बालुवाटारमा संघको आˆनै भवन निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएका छन् ।

ढकालले ठूला परियोजनामा मात्रै नभएर साना-साना पूँजी भएका गैरआवासीय नेपालीहरुलाई पनि समेटेर उनीहरुलाई सुहाउँदो परियोजनामा सामूहिक लगानीको वातावरण सिर्जना गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

संघको कोष पारदर्शी राख्दै यसलाई वैज्ञानिक तथा प्रभावकारी ढंगले चलाउने ज्ञान, सीप, अनुभव र योग्यता आफूसँग भएकाले तथा संघलाई आर्थिक समृद्धितिर अगाडि बढाउन तयार रहेर आफूलाई उम्मेदवारका रुपमा अगाडि सारेको उनले बताएका छन् ।  ढकाल लामो समयदेखि गैरआवासीय नेपाली संघको कुनै न कुनै जिम्मेवारीमा रही क्रियाशील रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?