२१ असोज, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बुधबार सम्पन्न एक्काईसौं बार्षिक साधारण सभाले ११.६१ प्रतिसत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अध्यक्ष रविन्द्र राज पाण्डेले गत अार्थिक वर्षमा १ अर्ब ६० करोड ५६ लाख र १ अर्ब २१ करोड ७२ लाख रूपैयाँ कर्जा विस्तार गरी ४ करोड ७४ लाख खुद नाफा कमाएको जानकारी दिए ।
यस बर्षको बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २२ करोड पुगेको जानकारी दिइएको छ । साधारण सभाले संचालक पनि चयन गरेको छ ।
संस्थापक सेयरधनीबाट रविन्द्र राज पाण्डे, दिनेश राज जोशी र निरोध राज पाण्डे चयन भएका छन् भने सर्वसाधारण सेयरधनीबाट अशोक कुमार उप्रेती र उमेश भगत प्रधानांग निर्विरोध निर्वाचित भएको जानकारी पनि कम्पनीले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4