+
+
Shares

फेवातालमा डुबेका डुंगा चालक मृत फेला परे

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २१ गते १५:०५

Nisan-Magar,-Death-body

२१ असोज, कास्की । पोखराको फेवातालमा विहीबार डुबेका डुंगा चालकको शव फेला परेको छ । तालबाराही मन्दिरबाट पर्यटकहरुलाई लिएर फर्किँदै गर्दा दिउँसो साढे १२ बजे डुंगा चालक निसान मगर तालमा खसेर डुबेका थिए ।

दिउँसो साढे २ बजेतिर सशस्त्र प्रहरीको टोलीले उनको शव फेला पारेको हो । उद्धारका लागि परिचालित सशस्त्र प्रहरीका गोताखोर ललित खाम्चा र सरोज जैशीले शव बाहिर निकालेको घटनास्थलबाट पत्रकार सुमित नेपालीले जानकारी दिए ।

तालबाराही मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा उनी एक्कासी खसेको प्रत्यक्षदर्शीले बताएका छन् । पर्यटकहरु भने सकुशल छन् ।

यसैबीच पोखरा विमानस्थलबाट विहीबार विहानदेखि वेपत्ता भएको पोखरा अल्ट्रापाइलट प्रालिको 9NALI कलसाईन अल्ट्रालाईट भने अझै फेला परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?