+
+
Shares

भाँडामा पनि इन्धन बिक्री गर्ने व्यवस्था मिलाउन पेट्रोलियम डिलर्स एसोसिएसनको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भाँडोमा पनि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ।
  • एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले वाणिज्य तथा आपूर्ति सचिव र नेपाल आयल निगमसँग यस्तो माग गरेको विज्ञप्तिमा उल्लेख छ।
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्तिमा समस्या देखिने सम्भावनाका कारण निगमले भाँडोमा बिक्री वितरणमा प्रतिबन्ध लगाएको र यसलाई पुनः विचार गर्न आग्रह गरिएको छ।

२० चैत, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भाँडोमा पनि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको तर्फ गम्भीर ध्यानाकर्षण भएको एसोसिएसनले जनाएको छ ।

‘पेट्रोलियम पदार्थको प्रयोग सवारीसाधनमा मात्र हुँदैन, यसको प्रयोग कृषि, उद्योग, साना व्यापार तथा अन्यत्र विभिन्न क्षेत्रमा समेत हुन्छ भन्ने विषयमा सम्बन्धित पक्ष न अनभिज्ञ बन्न मिल्छ न सबै क्षेत्रलाई नै बेवास्ता गर्न मिल्छ । त्यसैले पेट्रालिमय पदार्थको प्रयोग र प्रयोजन अनुसार निश्चित परिमाणमा भाँडोमा पनि बिक्री वितरण गर्न पाउने व्यवस्था कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट निर्णय हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?