Comments Add Comment

बिराटनगर नाकाबाट ३६ ट्यांकर इन्धन भित्रियो

Biratanagar-Vansar

२२ असोज, काठमाडौं । बिराटनगरको रानी भन्सार नाकाबाट शुक्रबार दिउँसोसम्म ३६ वटा इन्धन ट्याकर नेपाल प्रवेश गरेका छन् ।

बिहीबार एउटा मात्रै ग्यास बुलेट छिरेको बिराटनगर नाकाबाट शुक्रबार भने दिउँसोसम्म नै ३६ ट्यांकर ग्यास, पेट्रोल र डिजेल बोकेका गाडी नेपाल भित्रिएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए ।

जसमा २४ ट्यांकर डिजेल र ३ ट्यांकर पेट्रोल छ । ९ बुलेट ग्यास पनि नेपाल आएको बस्नेतले बताए । अझैपनि पेट्रोलियम ट्यांकर भित्रिने क्रम जारी रहेको उनले जानकारी दिए ।

यसैगरी दिउँसोसम्म काँकडभिट्टाको मेची भन्सार नाकाबाट २ बुलेट ग्यास भित्रिएको छ । भैरहवा भन्सारमा सुरक्षााको कारण ड्राइभरहरुले गषडी ल्यउन नमान्दा भारतीय सुनौली भन्सारमा जाँचपास रोकिएको छ भने वीरगञ्ज भन्सारमा मधेसी मोर्चाको अवरोध जारी छ ।

नेपालगञ्ज नाकाबाट भने शुक्रबार दिउँसोसम्म एउटा पनि पेट्रोलियम ट्यांकर प्रवेश गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment