+
+

सुरक्षाको कारण देखाउँदै जिम्मी कार्टरको नेपाल भ्रमण स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते १५:०९

Former US president Jimmy Carter.

२२ असोज, काठमाडौं । सुरक्षाको कारण देखाउँदै अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको नेपाल भ्रमण स्थगित भएको छ ।

गरीब तथा दलीत परिवारका लागि घर निर्माण गरिदिन आउँदो नोभेम्बर महिनामा उनी नेपाल आउने तय भएको थियो । गत अगष्ट महिनामा शरीरमा क्यान्सर प्रमाणित भएका ९० वर्षीय कार्टरलाई उनका चिकित्सकहरुले नेपाल आउन अनुमति दिएका थिए ।

तर नेपालमा विकसित पछिल्लो घटनाक्रमका कारण उनले भ्रमण स्थगित गरेको ह्याबिट्याट फर ह्यमनिटीले जानकारी दिएको छ ।

नेपालस्थित अमेरिकी दुतावासले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई नेपाल भ्रमणमा आउँदा सजगता अपनाउन भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?